Hamro Patra
बालिका बलात्कारको आरोपमा दुई पक्राउ

कञ्चनपुर, फागुन २८
कञ्चनपुरमा १२ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भीमदत्त नगरपालिका वडा नं. १० का ४७ वर्षीय र ४० वर्षीय दुई जना पुरुषलाई बुधबार पक्राउ गरिएको हो ।

उनीहरूले भीमदत्त नगरपालिका वडा नं. १० स्थित बैजनाथ सामुदायिक वनको जंगलभित्र लगेर बालिकामाथि जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा उजुरी परेको थियो । सोही उजुरीका आधारमा दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update