टीकापुर, फागुन २८
कैलालीको टीकापुरमा शारीरिक व्यायमका लागि मसल्स ल्याब फिटनेश सञ्चालनमा आएको छ । टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष एवं उद्योगी राजकुमार हमाल र रितु हमालको लगानीमा फिटनेश सञ्चालनमा आएको हो ।
आज एक विशेष कार्यक्रमका बीच हमाल दम्पत्तीले रिबन काटेर फिटनेशको उद्घाटन गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक हमालले शारीरिक व्यायमका माध्यमबाट स्वस्थ नागरिक र स्वस्थ समाज निर्माणमा मद्दत पुर्याउने उद्देश्यले फिटनेश सञ्चालनमा ल्याएको बताए ।
‘टीकापुरमा अन्य फिटनेश जिमहरु सञ्चालनमा छन्, उहाँहरुसँग समेत सहकार्य गरेर फिटनेशमा नयाँ प्रविधि भित्र्याउने लक्ष्य लिएका छौं’ हमालले भने ‘सबै उमेर समूहलाई लक्षित गर्दै सञ्चालित भएको जिमले जुम्बा, स्वाउना तथा ज्याकुजी समेत सञ्चालन गर्नेछ ।’
पचास लाख बढीको लागतमा सञ्चालन भएको फिटनेश विहानदेखि साँझसम्म सञ्चालन हुने हमालले बताए ।




