Hamro Patra
जिप र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

टीकापुर, फागुन २८
कञ्चनपुरमा जिप र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत बेदकोट नगरपालिका वडा नं. ७ को लालपुरमा से १ च १४०५ को जिप र म २ प ३५०६ को मोटरसाइकल ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकल चालक र पछाडि सवार व्यक्तिको घटनास्थलमै मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर जोराले बताए ।

उनका अनुसार दुबैको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २८, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update