Hamro Patra
लागुऔषधसहित बादल पक्राउ

टीकापुर, फागुन ३०

कैलालीको पूर्वीक्षेत्र टीकापुरबाट लागुऔषधसहित एक युवक पक्राउ परेका छन् ।

टीकापुर नगरपालिका वडा नं. ६ भरतापुरबाट ९९० मिलिग्राम लागुऔषध खैरो हेरोईनसहित सोही ठाउँ बस्ने २६ वर्षीय बादल चौधरी पक्राउ परेका हुन् ।

चौधरीलाई शुक्रबार इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन ३०, २०८२  १२:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update