Hamro Patra
जागिर वर्षगाँठमा सहारा घरलाई सहयोग

टीकापुर, चैत १

इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत सुरक्षाकर्मीहरुले जागिर प्रवेश गरेको वर्षगाँठका अवसरमा बेसहाराहरुलाई सहयोग गरेका छन ।

उनीहरुले बर्दगोरीया गाउँपालिकास्थित सहारा घरमा रहेका बेसहाराहरुलाई सहयोग गरेको प्रहरी हवल्दार भक्त बोगटीले जानकारी दिए ।

२०६३ चैत १ गते नेपाल प्रहरी संगठनमा प्रवेश गरेका आठ जना अहिले प्रहरी हवल्दार पदमा इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत छन । उनीहरुले करिव १५ हजार बराबरको सामाग्री सहयोग गरेका छन । 

प्रहरी हवल्दार बोगटीका अनुसार तेल, आलु, बन्दागोभी, साबुन, लुगाधुने सोडा, मसला लगायतका सामान सहयोग गरिएको छ । 

सुरक्षाकर्मीले सहयोग गरेपछि सहारा घरका सञ्चालक बलबहादुर बिष्टले धन्यवाद व्यक्त गरेका छन । उनले सडकमा अलपत्र परेका बेसहारालाई सहारा दिँदै आएका छन ।

उनको यस पवित्र कार्यमा विभिन्न संघसंस्था र व्यक्तिहरुले सहयोग समेत गर्दै आएका छन । सहारा घरमा सय भन्दा बढी बेसहारा आश्रित छन । 

प्रकाशित मिति: आइतबार, चैत १, २०८२  १५:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update