मुख्यमन्त्री शाहले घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ
टीकापुर, चैत्र २
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै सोमबार नियन्त्रणमा लिएको हो ।
मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
मुख्यमन्त्रीमाथि लगाएको आरोपका सम्बन्धमा मन्त्रालयले सोधेको स्पष्टीकरण बुझाउन पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २, २०८२ १५:४७
प्रतिक्रिया दिनुहोस्




