Hamro Patra
डोटीमा जिप दुर्घटनाः चार घाइते 

टीकापुर, चैत्र ३
सुदूरपश्चिमको पहाडी जिल्ला डोटीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार, बोगटान फुड्सिल गाउँपालिका वडा नं. ३, इनडाबाट कैलालीतर्फ जाँदै गरेको से.१च १५१७ नं. को बोलेरो जीप दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर कैलालीको घोडाघोडी नगरपालिका वडा नं. २ का ४५ वर्षीय योगेश बिनाडी र डोटीको  बोगटान फुड्सिल गाउँपालिका वडा नं. ३ कानाचौरका १७ वर्षीय नरेश साउँद गम्भीर घाइते भएका हुन् । दुबैको टाउको र ढाडमा चोट लागेको प्रहरीले जानकारी दिएको छ ।

यस्तै, दुर्घटनामा परि कैलालीको गौरीगंगा नगरपालिका वडा नं. ९ बस्ने चालक २८ वर्षीय सन्तोष सापकोटा र अछामको ढकारी गाउँपालिका वडा नं. ३ का १५ वर्षीय जनक बुढा  घाइते भएका छन् । 

उकालोमा रहेको जिप ब्याक हुन गई सडकबाट करिब तीन शय मिटर खसेको छ ।

प्रकाशित मिति: मंगलबार, चैत ३, २०८२  १३:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update