Hamro Patra
हँसिया प्रहार गरी सौतेनी आमाको हत्या

टीकापुर, चैत ४

कञ्चनपुरमा हँसिया प्रहार गरी एक वृद्धाको हत्या भएको छ । दोधाराचाँदनी नगरपालिका वडा नम्बर ४ मान्या चौराहमा मंगलबार राति ७५ वर्षीया बिन्दा श्रेष्ठको हत्या भएको हो ।

उनीमाथि घाँटीमा हँसिया प्रहार गरिएको छ । बिन्दाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यस्तै, आक्रमणमा परी बिन्दाकी ५५ वर्षीया छोरी भगवतीदेवी श्रेष्ठ (माझी) घाइते भएकी छन् ।

उनको अवस्था मध्यम रहेको र उपचारका भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए । 

बिन्दाकै ५० वर्षीय सौतेनी छोरा हरिप्रसाद श्रेष्ठमाथि हत्यामा संग्लन भएको आरोप छ । उनी घटना पछि फरार रहेको र खोजी कार्य जारी रहेको इन्सपेक्टर थापाले बताए ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०८२  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update