राजापुर, चैत ४
बर्दियाको राजापुर नगरपालिकाले अनुदानमा विद्युतिय चुलो वितरण शुरु गरेको छ । पालिकाले आफ्ना नागरिकहरुका लागि ३ हजार ७ सय ६७ रुपैयाँ ४२ पैसा लागत पर्ने चुलो ८ सय ६५ रुपैयाँमा वितरण गरेको हो ।
नगरपालिकाले औपचारिक कार्यक्रमबीच माग फारम भरेका उपभोक्तालाई विद्युतीय चुलो वितरण गरेको हो ।
पछिल्लो समय देखिएको खाना पकाउने ग्याँसको अभावबाट प्रभावित नागरिकलाई सहजता प्रदान गर्ने उद्देश्यले चुलो वितरण गरिएको नगरपालिकाले जनाएको छ ।
कार्यक्रममा बोल्दै नगर प्रमुख दिपेश थारूले विद्युतिय चुलो प्रयोगले घरायसी खर्च घट्नुका साथै आयातित इन्धनमा निर्भरता कम हुने बताए । नगर प्रमुख थारुले देशको पैसा देशभित्रै राख्ने र वैकल्पिक ऊर्जाको प्रयोगलाई प्रवद्र्धन गर्ने लक्ष्यका साथ चुलो वितरण गरिएको बताए ।
नगरपालिकाले पहिलो चरणमा ६ शय उपभोक्तालाई विद्युतिय चुलो वितरण गरेको हो ।




