Hamro Patra
बझाङमा भूकम्प, रायालमा केन्द्रविन्दु

काठमाडौं, चैत ९
सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको रायाल आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज दिउँसो १ बजेर १४ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ ।

केन्द्रका अनुसार, बझाङको रायाल आसपास केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

यस्तै, आज बिहान दार्चुलामा पनि भूकम्प गएको थियो । बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराई आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको केन्द्रले जनाएको छ । 

केन्द्रका अनुसार ४.२ म्याग्निच्युडको भूकम्प गएको हो । यसअघि चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १४:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update