Hamro Patra
निकुञ्जमा बेपत्ता खत्रीको १७ दिनपछि शव फेला

सुर्खेत, चैत ९
गत फागुन २३ गते सिकार खेल्न बर्दिया राष्ट्रिय निकुञ्ज पसेर बेपत्ता भएका ३३ वर्षीय टोपबहादुर खत्रीको शव १७ दिनपछि फेला परेको छ ।

सुर्खेतको बराहताल गाउँपालिका वडा नं. २ रानीघाटका खत्रीको सोमबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले जानकारी दिए ।

प्रहरीका अनुसार बाँके र सुर्खेत प्रहरी तथा बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त खोजी टोलीले मृतक खत्रीको शव फेला पारेको हो । मृतकको शव फेला परेको क्षेत्र बर्दिया जिल्लामा पर्छ ।

उक्त सिकारी समूहमा ३३ वर्षीय टोपबहादुर खत्रीसहित बराहताल गाउँपालिका वडा नं. १ का २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाईं, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनील समसेली सहभागी थिए । साथै लेकबेँसी नगरपालिका वडा नं. ८ का ४५ वर्षीय दुर्गाबहादुर सिजाली पनि उनीहरूसँगै थिए ।

उनीहरु भरुवा बन्दुक र आवश्यक घरेलु हात हतियारसँगै बास बस्ने गरी झण्डै १७ किलोमिटर दूरी पार गरेर सिकारका लागि निकुञ्जमा प्रवेश गरेका थिए ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update