Hamro Patra
लागुऔषधसहित जानकीका तीन पक्राउ

टीकापुर, चैत ११ 
कैलालीको दक्षिणी सीमावर्ती क्षेत्रबाट तीन जना युवा लागुऔषधसहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका वडा नं. २ परागीपुरका ३० वर्षीय प्रकाश भण्डारी, २६ वर्षीय प्रकाश वडुवाल र २८ वर्षीय प्रविन भण्डारी रहेका छन् ।

भजनी नगरपालिका वडा नं. ५ पृथ्वीपुरबाट २ ग्राम ७० मिलिग्राम अवैध लागुऔषध खैरो हिरोइनसहित तीन जनालाई भारतबाट नेपाल आउँदै गर्दा पक्राउ गरिएको हो । 

इलाका प्रहरी कार्यालय भजनी र इलाका प्रहरी चौकी पृथ्वीपुर, कैलालीको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी टोलीले बा ९५ प ४६९४ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्दा उक्त पदार्थ फेला पारी मोटरसाइकलसहित तिनै जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०८२  १२:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update