भासुको भिरबाट लडेर एकको मृत्यु
टीकापुर, चैत १३
जिल्लाको चुरे गाउँपालिका वडा नं. ५ भासु गाउँमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा स्थानीय ४७ वर्षीय दुर्गा अर्खाली रहेका छन् । उनी घर नजिकैको जंगलमा बाख्रा चराउन गएका थिए ।
बिहीबार साँझसम्म पनि घर नफर्किएपछि परिवारका सदस्यहरूले खोजतलास सुरु गरेका थिए । खोजीका क्रममा उनी भिरबाट लडेको अवस्थामा मृत फेला परेका हुन् ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १०:२०
प्रतिक्रिया दिनुहोस्



