बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त
काठमाडौं, चैत १३
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) लाई नियुक्त गरेका छन् ।
संविधानको धारा ७६ को १ अनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त दलको नेताको रुपमा उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
नेपालको संविधान २०७२ जारी भएपछि यो धाराको प्रयोग गरी प्रधानमन्त्री नियुक्त भएको पहिलोपटक हो ।
प्रकाशित मिति: शुक्रबार, चैत १३, २०८२ १०:३३
प्रतिक्रिया दिनुहोस्



