एक वर्षपछि टीकापुर अस्पतालले पायो नेतृत्व: अध्यक्षमा भण्डारी
गत चैतदेखि नेतृत्वविहीन रहेको टीकापुर अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा रामबहादुर भण्डारी चयन भएका छन्।
सामाजिक विकास मन्त्रालयले सुदुरपश्चिम प्रदेशको अस्पताल व्यवस्थापन समिति (गठन) आदेश, २०७५ को दफा ४ को उपदफा १ को खण्ड (क) को उपखण्ड (१) मा भएको व्यवस्था बमोजिम माननीय (मन्त्रिस्तर) को मिति २०८२ चैत १२ गतेको निर्णयानुसार टीकापुर अस्पतालको व्यवस्थापन समितिको अध्यक्ष पदमा मनोनित गरेको हो ।
प्रदेश सचिव डाक्टर हेमराज रेग्मीद्वारा लिखित नियुक्ति पत्रमा आदेशको दफा ४ को उपदफा (३) बमोजिमको अवधिको लागि मनोनित गरिएको उल्लेख गरेको छ ।
निर्माण व्यवसायी भण्डारी टीकापुर उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि हुन् ।

प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ ०७:३९
प्रतिक्रिया दिनुहोस्


