खैरो हेरोइनसहित तीन युवक पक्राउ
टीकापुर, चैत १८
कैलालीका विभिन्न ठाउँबाट खैरो हेरोइन सहित तीन जना पक्राउ परेका छन । मंगलबार टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटारबाट २ ग्राम १२० मिलिग्राम लागुऔषध सहित वडा नं. १ ब्लक नम्बर ९ का २० वर्षीय मुकेश बोहरा र ब्लक नम्बर १३ का २५ वर्षीय महेश रावल पक्राउ परेका छन ।
प्रहरीले लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाबाट १२० मिलिग्राम लागुऔषधसहित सोही ठाउँका १९ वर्षीय राजेश सोप बराललाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको टोलीले शंकाका आधारमा चेकजाँच गर्दा उनको साथबाट समेत खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला परेको थियो ।
पक्राउ परेका तीनै जनामाथि लागूऔषध सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, चैत १८, २०८२ १३:०३
प्रतिक्रिया दिनुहोस्


