Hamro Patra
लागुऔषधसहित दुई जना पक्राउ

टीकापुर, चैत २३
कैलालीको सुदूरपूर्वी टीकापुर क्षेत्रबाट दुई जना लागुऔषधसहित पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा टीकापुर नगरपालिका वडा नं. ५ का २० वर्षीय बिशाल चौधरी र टीकापुर नगरपालिका वडा नं. ४ का १८ वर्षीय किशोर रहेका छन् । 

टीकापुर नगरपालिका वडा नं. ९ बालुवाटारबाट अवैध लागुऔषध खैरो हेरोइन ९७० मिलिग्रामसहित दुबै जनालाई आइतवार बेलुकी प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update