Hamro Patra
स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

टीकापुर, चैत २३
कैलालीमा एक स्कुटर दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नं. १ मंगलपुर गौरीगंगा पुलस्थित पूर्वपश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुपप्र ०१–०१२ प ५९२९ नम्बरको स्कुटर दुर्घटना भएको हो । 

दुर्घटनामा स्कुटर चालक घोडाघोडी नगरपालिका वडा नं. ८ आमखैया बस्ने २३ वर्षीय रोशन चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनलाई सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

स्कुटर आफै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, चैत २३, २०८२  १२:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update