सुदूरपश्चिम उद्योग वाणिज्य महासंघको अध्यक्षमा कुँवर
टीकापुर, चैत २३
उद्योग वाणिज्य महासंघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा कैलाली उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष पुष्पराज कुँवर निर्विरोध चयन भएका छन् ।
प्रदेश निर्वाचन समितिले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम नामावलीअनुसार अध्यक्ष पदमा कुँवरमात्र उम्मेदवार परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, उद्योग–वाणिज्य उपाध्यक्षमा मदनराज पन्त, कोषाध्यक्षमा प्रेमबहादुर भण्डारी तथा सदस्यहरूमा विष्णुराज जोशी, कृष्णबहादुर तामाङ, कृष्णकुमारी बिष्ट, खेमेश्वरप्रसाद बोहरा र मदनराज न्यौपाने समेत निर्विरोध चयन भएका छन् ।
त्यस्तै, वस्तुगततर्फ सदस्यमा सन्तोष लामिछाने तथा एशोसिएट सदस्यमा बमबहादुर शाह निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०८२ १४:०३
प्रतिक्रिया दिनुहोस्


