कासिम अलि जागा पक्राउ
टीकापुर, चैत २५
एक महिलामाथि जबरजस्ती करणी गरेको अभियोगमा कैलालीमा एक पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ८ सोनपुरका ३० वर्षीय कासिम अलि जागालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो।
कासिम अलि जागाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०८२ ०८:४४
प्रतिक्रिया दिनुहोस्



