कारागारमा कैदीबन्दीबीच कुटाकुटः पाँच घाइते
कञ्चनपुर, चैत २५
प्रायः विवादमा परिरहने कञ्चनपुर कारागारमा कैदीबन्दीबीच फेरि कुटाकुट भएको छ । कैदीबन्दीबीच आपसमा झगडा हुँदा पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाका अनुसार घाइते पाँच जनाको महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । तीन जनाको टाउकोमा मध्यम र दुई जनालाई सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।
कैदीबन्दीबीच कुटाकुट भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली परिचालन गरिएको थियो । कुटाकुटको कारण भने खुलेको छैन ।
यसअघि दुई साताअघि पनि कारागारमा कैदीबन्दीमाथि आक्रमण भएको थियो ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०८२ १४:३३
प्रतिक्रिया दिनुहोस्



