एक युवक लागुऔषधसहित पक्राउ
टीकापुर, चैत २७
कैलालीको दक्षिणवर्ती क्षेत्र भजनीबाट एक युवक लागुऔषधसहित पक्राउ परेका छन् ।
भजनी नगरपालिका वडा नं. ३ कुसुमघाटबाट अवैध लागुऔषध ब्राउनसुगर १ ग्राम ४० मिलिग्रामसहित बर्दगोरिया गाउँपालिका वडा नं. १ का २५ वर्षीय अरुण चौधरीलाई बिहिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय भजनी, कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२ ११:४६
प्रतिक्रिया दिनुहोस्



