Hamro Patra
शव फेला परेकी युवतीको अझै सनाखत हुन सकेन

टीकापुर, चैत २७
गत फागुन २ गते कैलालीको मोहन्याल गाउँपालिका वडा नं. १ स्थित तल्लोपानीको नवप्रगतिशील सामुदायिक वन क्षेत्रमा शव फेला परेकी एक युवतीको अझै सनाखत हुन सकेको छैन । 

अन्दाजी २५ वर्षीया युवतीको शव फेला परेको करिब दुई महिना पुग्नै लाग्दा सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

प्रहरीका अनुसार युवतीको शव मुख जलेको अवस्थामा भेटिएको थियो, जसले पहिचान प्रक्रिया अझ जटिल बनाएको    छ ।

अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सुखडबाट प्रहरी नायब उपरीक्षक रमेशदत्त अवस्थीको नेतृत्वमा टोली खटिएको थियो भने जिल्ला प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखाको अर्को टोली पनि परिचालित गरिएको थियो ।

घटनाको सूक्ष्म अनुसन्धानका क्रममा तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको भए पनि हालसम्म पहिचान हुन नसक्दा थप जटिल बनेको हो ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १३:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update