Hamro Patra
लागुऔषध मुद्दाका थुनुवा अस्पतालबाट फरार

टीकापुर, चैत २७
कैलालीको धनगढीबाट उपचारका लागि अस्पताल लगिएका लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । बिहीबार विरामी भएर ढलेपछि धनगढी उपमहानगरपालिका वडा नं. ७ मनहेराका ३२ वर्षीय धनगढी थुनुवा मुकेश राना सेती प्रादेशिक अस्पतालबाट फरार भएका हुन् । 

तर, राना उपचारकै क्रममा भागेको प्रहरीले जनाएको छ । अस्पतालमा प्रहरीको निगरानीमा रहेका राना राति पौने ९ बजेतिर भागेका थिए । अस्पतालबाट भागेका रानाको खोजी भइरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले रानाको खोजी कार्य भइरहेको जानकारी दिए । उनका अनुसार रानालाई प्रहरीले १३ ग्राम ब्राउन सुगरसहित २४ चैतमा पक्राउ गरेको थियो ।

बिहीबार साँझ ५ बजेतिर ढलेका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियो । तर, होस् खुलेपछि निगरानीमा खटिएका प्रहरीको नियन्त्रणमा उनी भागेर फरार भएका थिए ।

प्रकाशित मिति: शुक्रबार, चैत २७, २०८२  १६:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update