Hamro Patra
अस्पतालबाट भागेका थुनुवा पक्राउ

टीकापुर, चैत २८
उपचारका क्रममा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा भाग्‌का थुनुवालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको निगरानीमा रहेका बेला शुक्रबार राति अस्पतालबाट भागेका धनगढी उपमहानगरपालिका वडा नं. ७ मनहेराका ३२ वर्षीय मुकेश राना भारततर्फ भाग्दै गरेको अवस्थामा वडा नं. ९ को बाङ्ग्रा कटानबाट पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सिनाले रानालाई भारततर्फ भाग्दै गरेको अवस्थामा शुक्रबार राति ९ बजेतिर नियन्त्रणमा लिइएको जानकारी दिए ।

रानालाई २४ चैतमा १३ ग्राम ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको थियो ।

प्रकाशित मिति: शनिबार, चैत २८, २०८२  ११:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update