Hamro Patra
जीप र मोटरसाइकल ठोकिँदा एकजनाको मृत्यु

टीकापुर, चैत २९

कैलालीमा जिप र मोटरसाइकल ठोक्किंदा एक जनाको मृत्यु भएको छ ।

कैलारी गाउँपालिका- १ स्थित हुलाकी राजमार्गमा सुप्रप्र ०१-००१ च ३७५३ नम्बरको बोलेरो पिकअप जिप र बा २६ प ३०२७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका- १९ फुलबारी बस्ने २२ वर्षीय राम मिलन चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका चौधरीलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

बोलेरो पिकअप र  चालक जिल्ला कैलाली भजनी नगरपालिका- ५ बस्ने २३ वर्षीय राजु डगौरालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: आइतबार, चैत २९, २०८२  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update