टीकापुर, वैशाख ५
भारतबाट अवैध रुपमा ल्याइएका माछा टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट बरामद गरी नष्ट गरिएको छ ।
प्रहरीले तीन जनाले भारतबाट ल्याउँदै गरेको १ शय ७४ किलोग्राम माछा बरामद गरी नष्ट गरेको छ ।
प्रहरीले जानकी गाउँपालिका वडा नं.२ बढरियाका ४० वर्षीय प्रदेशु चौधरीले चलाएको सु.प.प्र.०१०००१२ प ५०५१ नम्बरको मोटरसाइकलमा ९८ किलोग्राम, टीकापुर नगरपालिका वडा नं.१ शक्तिनगरका ३४ वर्षीय दिनेश चौधरीले चलाएको से.५ प.८४५७ नम्बरको मोटरसाइकलमा ३९ किलोग्राम माछा बरामद गरिएको थियो ।
त्यस्तै एकतानगर शिविरका ४० वर्षीय लक्ष्मण डगौरा थारुले चलाएको सु.प.प्र.०१–००९ प २१३४ नम्बरको मोटरसाइकलमा ३७ किलोग्राम माछा प्रहरीले बरामद गरी नष्ट गरेको हो ।
प्रहरीले बरामद गरेको माछा सत्ती भन्सार कार्यालय बुझाएर भन्सार परिसरमा नष्ट गरिएको भन्सार कार्यालयका प्रमुख चक्रबहादुर सोनीले जानकारी दिएका छन् । तीनवटा मोटरसाइकल र तिनै जनालाई आवश्यक जरिवाना सहितको कारबाही गरिएको प्रमुख सोनीले बताए ।




