Hamro Patra
दाउरामा पकाएको लोकल खानाको स्वाद पस्किँदै दाउरा रेष्टुरेन्ट

टीकापुर, वैशाख ५
दाउरामा पकाएको लोकल खानाको स्वाद पस्किन कैलालीको टीकापुरमा दाउरा रेष्टुरेन्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा आएको छ । 

टीकापुरका युवा व्यवसायी विनोद शर्मा र आकाश बमले टीकापुर नगरपालिका वडा नं. १ ब्लक नं. १८ स्थित घण्टाघरमा दाउरा रेस्टुरेन्ट एण्ड पार्टी प्यालेस सञ्चालनमा ल्याएका हुन् । 

झण्डै दश कठ्ठा क्षेत्रफलमा फैलिएको रेष्टुरेन्टमा पारिवारिक वातावरणमा ओपन गार्डेन, क्याबिन र भित्री रेष्टुरेन्ट रहेको सञ्चालक शर्माले जानकारी दिए । रेष्टुरेन्टले टीकापुरमा दाउरामा पकाएको लोकल खानाका परिकार, मटन सेकुवा, किमा नुडल्स, लाफिङको स्वादसहित पार्टी प्यालेसको सुविधा दिनेछ । 

Night-view-2-1776513330.jpeg
शर्माले सहुलियत दरमा विवाह, व्रतबन्ध, बेबी सावर, कन्सर्ट आदि आयोजना गर्न र सांस्कृतिक कार्यक्रम गर्न सहज हुने बताए ।  

रातिको समयमा आकर्षक बत्तीसहित, शान्ति वातावरणमा बालबालिकालाई लक्षित गर्दै मनोरञ्जनका लागि झुला र चिप्लेटी जस्ता सुविधा थप्ने तयारीमा सञ्चालक बमले जानकारी दिए । रेष्टुरेन्टमा रहेको भ्यु टावरबाट टीकापुरको सुन्दर दृश्य अवलोकन समेत गर्न सकिनेछ । 

स्मार्ट सिटी अन्तर्गत शहरी विकास मन्त्रालयबाट निर्माण भएको भ्यु टावर तीन वर्षपछि टीकापुर नगरपालिकाले भाडामा दिएर सञ्चालनमा आएको हो । पालिकासँग व्यवसायी शर्मा र बमले वार्षिक २ लाख ७५ हजार रुपैयाँमा भाडा सम्झौता गरेका हुन् । 

टीकापुर नगरपालिकाले पाँच पटकसम्म ठेक्का आव्हन गर्दा समेत भाडामा लाग्न नसकेको घण्टाघर छैठौं पटकमा शर्मा र बमले ठेक्कामा लिएका लिएर रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हुन् । 

निर्माण भएको तीन वर्षसम्म बन्द रहँदा जीर्ण अवस्थामा पुगेको रेष्टुरेन्ट सञ्चालन हुँदा भ्यु टावर क्षेत्रमा रौनकता बढेको स्थानीयहरु बताउँछन् । रेष्टुरेन्टमा खानाका परिकारसहित फोटो, भिडियो खिच्न, टिकटक बनाउन स्थानीयहरुको भींड लाग्ने गरेको छ ।

Night-View-1776513411.jpeg
 

प्रकाशित मिति: शनिबार, वैशाख ५, २०८३  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update