Hamro Patra
विवाहमा गएका किशोरको हत्या आरोपमा दुई पक्राउ

टीकापुर, वैशाख ९
दाईको विवाहमा गएका कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नं. ५ भानुबस्तीका १८ वर्षीय उज्जल सायरमाथि धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा दुई पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पुनर्वास नगरपालिका वडा नं. ५ कै २५ वर्षीय धनबहादुर बयाडी र १९ वर्षीय टंक थापा रहेको प्रहरीले जनाएको छ । 

उनीहरुले दाइ नाता पर्ने नरेश खातीको विवाह समारोहमा सहभागी भएका बेला सायरलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइते सायरलाई उपचारका लागि मायामेट्रो अस्पताल, धनगढी ल्याइएको थियो ।

सायरको उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update