Hamro Patra
उद्योग वाणिज्य संघद्वारा अस्पताललाई बेन्च हस्तान्तरण

टीकापुर, वैशाख  

टीकापुर क्षेत्रका व्यवसायीहरुको अग्रणी संस्था टीकापुर उद्योग वाणिज्य संघले टीकापुर अस्पताललाई फलामे बेञ्च हस्तान्तरण गरेको छ । 

आज एक कार्यक्रमका बीच संघका संस्थापक अध्यक्ष गोकर्णप्रसाद रिमालले चार थान फलामे बेञ्च अस्पतालका अध्यक्ष रामबहादुर भण्डारीलाई हस्तान्तरण गरेका हुन् । 

बेञ्च हस्तान्तरण गर्दै संस्थापक अध्यक्ष रिमालले संस्थाको सहयोगले अस्पतालमा आउने विरामीलाई मद्दत पुग्ने विश्वास व्यक्त गर्दै अस्पताल सबैको साझा संस्था भएकाले सकेको सहयोग गर्न आग्रह गरेका    छन् ।

उनले टीकापुर अस्पतालले यस क्षेत्रका विरामीहरुलाई सेवा प्रदान गर्दै आइरहेको उल्लेख गर्दै सबैको सहयोगले अस्पतालको सेवा सम्भव भएको बताए ।  

टीकापुर अस्पतालमा आउने बिरामी र कुरुवालाई सहज रुपमा बस्नका लागि मद्दत पुगोस् भन्ने उद्देश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्पताललाई बेञ्च हस्तान्तरण गरिएको संघका अध्यक्ष सन्तोष खड्काले जानकारी दिए ।

संघले यसअघि समेत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यहरु गर्दै आइरहेको थियो ।

प्रकाशित मिति: बुधबार, वैशाख ९, २०८३  १९:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update