रेष्टुरेन्टमा आगलागी हुँदा कामदारको मृत्यु
टीकापुर, वैशाख १२
लामखुट्टे भगाउन बालेको आगो सल्किएर रेष्टुरेन्टमा आगलागी हुँदा एक कामदारको जलेर मृत्यु भएको छ ।
कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका वडा नं. १ सुखड बजारस्थित बिबेक रेस्टुरेण्ट एण्ड लजमा लामखुट्टे भगाउन बालेको अण्डाको क्रेटबाट आगलागी कामदार मिनबहादुर बोहराको जलेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार होटेलमा काम गर्ने डडेल्धुराको आलिताल गाउँपालिकास्थित गाङ्खेतका ५० वर्षीय बोहराको जलेर मृत्यु भएको हो । आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३ ०८:५५
प्रतिक्रिया दिनुहोस्




