Hamro Patra
खैरो हेरोइनसहित दुई जना पक्राउ

टीकापुर, वैशाख १२
कैलालीको मध्यवर्ती घोडाघोडी नगरपालिका वडा नं. १० पहलमानपुरबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार साँझ इलाका प्रहरी कार्यालय सुख्खडबाट खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गर्ने क्रममा ३३० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने धुलो पदार्थ फेला पारेपछि उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सोही ठाउँका १९ वर्षीय शंकर भट्ट र एक १८ वर्षीय किशोर रहेका छन् । प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १२, २०८३  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update