Hamro Patra
सिँचाइ आयोजनाको नहरमा शव फेला

टीकापुर, वैशाख १३
कैलालीको सुदूरपूर्वी जानकी गाउँपालिका वडा नं. ९ कटाँसेस्थित रानीजमरा–कुलरिया सिँचाइ आयोजनाको हाइड्रोपावर नहरमा एक वृद्धको शव फेला परेको छ । 

शनिबार जानकी गाउँपालिका वडा नं. ८ का ७७ वर्षीय हरिराम थारुको शव उक्त नहरमा फेला परेको हो । 

घटनाबारे जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का तयार गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १३, २०८३  १२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update