Hamro Patra
धनगढीको होटलमा युवती बलात्कृतः युवक पक्राउ

टीकापुर, वैशाख १४
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा एक युवतीमाथि बलात्कारको गरेको आरोपमा एक युवक पक्राउ परेका    छन् । 

२० वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा डडेल्धुराको अमरगढी नगरपालिका वडा नं. २ का ३१ वर्षीय सुरेश अवस्थीलाई प्रहरीले पक्राउ गरेको हो । 

सुरेशले ती महिलालाई धनगढी उपमहानगरपालिका वडा नं. ४ स्थित संजोक होटलमा जबरजस्ती करणी गरेको उजुरीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । 

अवस्थीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी तिमिल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update