Hamro Patra
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान

टीकापुर, वैशाख १४
सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरिएको छ । सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले सोमबार प्रदेश सभाको बजेट अधिवेशन आह्वान गरेका हुन् ।

पहिलो बैठक १७ बैशाखमा बस्नेगरी सभाको बजेट अधिवेशन आह्वान गरिएको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले जानकारी दिए ।

उनका अनुसार प्रदेश प्रमुुखले सरकारको मन्त्रिपरिषद्को बैठकले शुक्रबार गरेको सिफारिसका आधारमा नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम अधिवेशन आह्वान गरेका हुन् । यो प्रदेश सभाको आठौँ अधिवेशन हो । 

प्रदेश प्रमुखको अधिवेशन आह्वान सम्बन्धी पत्र प्राप्त भएपछि सचिवालयले सांसदहरुलाई १७ वैशाखको दिउँसो ४ बजे बैठक बस्ने जानकारी गराएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख १४, २०८३  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update