टीकापुर, वैशाख २४
सुदूरपश्चिमका सन्तोष खड्का उद्योग वाणिज्य महासंघ को खुला केन्द्रीय सदस्यमा विजयी भएका छन् । कुल खसेको १२९ मतमा १०२ मत पाउँदै उनी केन्द्रीय सदस्यमा विजयी भएका हुन् ।
टीकापुर उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका खड्का विजयी भएसंगै महासंघको खुला केन्द्रीय सदस्य बन्ने सुदूरपश्चिमका दोस्रो व्यवसायी भएका छन् । यसअघि पुष्प कुँवर खुला केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए ।
केन्द्रीय सदस्यमा निर्वाचित ३४ वर्षीय खड्का टीकापुर उद्योग वाणिज्य संघको कार्यसमिति सदस्य, वरिष्ठ उपाध्यक्ष हुँदै हाल अध्यक्ष छन् । उनी सन्तोष विल्डसका सञ्चालक हुन् भने उनको रेडिमेट कपडा पसल सञ्चालनमा छ ।
व्यवासायीहरुका माझ मात्रै नभई टीकापुर क्षेत्रमै एक सक्षम युवाका रुपमा आफ्नो परिचय बनाइसकेका खड्का विभिन्न सामाजिक काममा समेत सकृय छन् ।
उनले जिल्ला तथा नगर उद्योग वाणिज्य संघका समस्या र निजी क्षेत्रका मुद्दालाई प्राथमिकताका साथ उठाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।





