धनगढी, वैशाख २६
नेपाली कांग्रेसका सभापति गगन थापा धनगढी पुगेका छन् । विशेष महाधिवेशनपछि थापा पहिलोपटक निवर्तमान सभापति देउवाको गृहप्रदेश पुगेका हुन् । उनको स्वागतका लागि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह विमानस्थलमै पुगेका छन् ।
पार्टी सभापति थापालाई स्वागत गर्न विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्का, आर्थिक मामिलामन्त्री बदादुर थापा, वनमन्त्री शिबराज भट्ट र अर्थ राज्यमन्त्री प्रकाश बम पनि विमानस्थल पुगेका छन् । उनीहरू सबै देउवा पक्षका हुन् ।
नेपाली कांग्रेसले आजदेखि सुरु गरिरहेकोप्रदेश र स्थानीय तह केन्द्रीत प्रदेशस्तरीय भेलाका लागि थापा धनगढी पुगेका हुन् ।
भेलाका लागि उपसभापति विश्वप्रकाश शर्मा शुक्रबार र महामन्त्री गुरुराज घिमिरे बिहीबार नै धनगढी पुगिसकेका छन् । भेला दुई दिनसम्म चल्नेछ ।





