Hamro Patra
पुरानै परम्पराबाट चल्न खोज्नु नै  हारको कारण बन्यो: कांग्रेस उम्मेदवारहरू

टीकापुर, वैशाख २६

संगठन सशक्त रुपमा परिचालित नहुनु नै हारको मुख्य कारण बनेको नेपाली कांग्रेसका नेताहरुले बताएका छन्। 

कैलालीको धनगढीमा आयोजित प्रदेश र स्थानीय तह केन्द्रित सुदुरपश्चिम प्रदेशस्तरीय भेला कार्यक्रममा बोल्दै सुदूरपश्चिमका १६ वटा निर्वाचन क्षेत्रका प्रतिनिधि सभाका उम्मेदवारहरूले यस्तो बताएका हुन् । 

नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सम्मिलित उक्त कार्यक्रमका वक्ताहरुले लामो समयदेखि संगठन सुदृढीकरण नहुनु, जेन्जी आन्दोलनले उठाएका मागबारे कांग्रेसले जनतालाई बुझाउन नसक्नु, मत आकर्षित गर्न नसक्नु, पार्टीका नेताहरु परिचालित नहुनेले पराजय भोग्नु परेको उम्मेदवारहरुले बताए । 

'विगत ३६ वर्षमा कांग्रेसले १८ वर्ष सत्ता सन्चालन गरे पनि पार्टी बनाउनेतर्फ ध्यान नदिएका कारण हात व्यहोर्नु परेको हो' कैलाली क्षेत्र नम्बर ३ का उम्मेदवार भिम बडुवालले भने 'अर्को कारण हाम्रो पार्टी पंक्ति पूर्णरुपमा परिचालन हुन सकेन, हामीले जेन्जीका मुद्दामा पार्टीको धारणा जनतासम्म पुर्याउन सकेनौं।' 

अछाम क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार पुष्पबहादुर शाहीले विगतका दिनमा अनुशासन उल्लङ्घन गरेकाहरूलाई कारबाहीको डण्डा नचलाउनुले पार्टीले हार व्यहोरेको बताए ।

पुरानै परम्परा र ढर्राको कारण पार्टीले हार व्यहोरेको कन्चनपुर क्षेत्र नम्बर ३ का उम्मेदवार हरिप्रसाद बोहोराले बताए । 

 

 

 

प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३  १४:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update