पार्टीले कसैलाई काखा पाखा गर्ने छैन: महामन्त्री घिमिरे
टीकापुर, वैशाख २६
नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले नेपाली कांग्रेस सिमित नेताको घरेलु मामिला बन्न थालेपछि विशेष महाधिवेशन गर्नु परेको बताए।
धनगढीमा आयोजित कांग्रेसको प्रदेश भेला कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री घिमिरेले सो कुरा बताएका हुन्।
'पार्टी र जनताको भावनामा एकरुपता कायम गर्न नसक्दा पार्टी पराजित हुनु परेको हो' उनले भने 'पार्टी सिमित नेताको घरेलु मामिला बन्न हुदैन, पार्टीलाई भावनात्मक रुपमा एक बनाउन प्रतिबद्ध छ ।'
उनले कांग्रेसको नेतृत्व आग्रह पुर्वाग्रहमा नरहेको जिकिर गरे । 'केन्द्रीय समितिमा आग्रह पुर्वाग्रहको गुन्जायस छैन, हामी सबैलाई एक बनाएर जनताको रोजाइको पार्टी बनाउने गरी जरा अभियानको सुरुवात गरिएको हो ।'
उनले योगदान र योग्यताको आधारमा पार्टीले उचित स्थान दिने बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख २६, २०८३ १५:३४
प्रतिक्रिया दिनुहोस्





