टीकापुर, वैशाख २६
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पूर्व सभापति शेरबहादुर देउवाको अवमूल्यन नहुने बताएका छन्।
धनगढीमा आयोजित प्रदेश स्तरीय भेला कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सो कुरा बताएका हुन् ।
'पुर्व सभापति आदरणीय शेरबहादुर देउवाप्रति सम्मान छ, उहाँहरुकै बाटोमा अघि बढ्ने हो' सभापति देउवाले भने 'पुर्व सभापति देउवाको योगदानको अवमुल्यन हुन दिने छैन।'
विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि देउवाको गृह प्रदेशमा पहिलोपटक पुगेका सभापति थापाले 'कांग्रेसमा गुट, उपगुट छैनन्, भए पनि अब रहँदैनन्, पार्टीका सबैलाई समेटेर जाने जिम्मेवारी पुरा गर्छु मलाई तपाइँहरुको साथ चाहिन्छ ।'
सभापति देउवाले रास्वपा नेतृत्वको सरकारले संख्या र बहुमतका आधारमा लोकतन्त्रलाई नियन्त्रण गर्ने काम गरे चुप लागेर नबस्ने बताए।
उनले पार्टीलाई समय सुहाउँदो बनाउन क्रियाशील सदस्यता अध्यावधि गर्ने कार्यको थालनी गरिएको बताउँदै पार्टीको जिम्मेवारीमा रहेका नेतृत्वलाई सहयोग गर्न आग्रह गरे ।
'विधानत: वडा सभापतिले क्रियाशील सदस्यता अध्यावधि गर्नुपर्छ' सभापति थापाले भने 'अधावधि गर्न सहयोग नगर्ने साथीहरुको ठाउँमा अलि साथीलाई जिम्मेवारी दिइन्छ, यसमा केहि कन्फुजन नहुनु होला ।'





