खक्रौलाबाट ठूलो मात्रामा लागुऔषध खैरो हेरोइनसहित दुई नियन्त्रणमा
टीकापुर, जेठ १
कैलालीको खक्रौलाबाट प्रहरीले ठुलो मात्रामा खैरो हेरोइनसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
भारतबाट नेपालतर्फ आउँदै गरेको से १ ह २२११ नम्बरको अटोरिक्सा चेकजाँच गर्दा भागेका दुई युवालाई प्रहरीले लखेटेर नियन्त्रणमा लिएको हो ।
इलाका प्रहरी कार्यालय टीकापुर र कालाकुण्डा प्रहरी चौकीको संयुक्त टोलीले १९.१६० ग्राम खैरो हेरोइन सहित राजापुर नगरपालिका वडा नम्बर ४ का ३० वर्षीय तेजबहादुर बिसालु र सुर्खेतको विरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ का १८ वर्षीय साहेब नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
कैलाली प्रहरीले ठुलो मात्रामा लागुऔषध नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता योगेन्द्र तिमिल्सिना ले बताए ।
प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३ १९:२४
प्रतिक्रिया दिनुहोस्





