नदीमा डुबेर बालकको मृत्यु
टीकापुर, जेठ ३
कैलालीको मध्यवर्ती घोडाघोडीमा नदीमा डुबेर बालकको मृत्यु भएको छ । घोडाघोडी नगरपालिका वडा नं. १० भाकलस्थित कान्द्रा नदीमा डुबेर एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा स्थानीय भद्र बमका ९ वर्षीय छोरा शुसिल बम रहेका छन् । शनिबार दिउँसो नुहाउने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको खोजीका लागि नेपाल प्रहरी अन्तर्गत प्रहरी चौकी पहलमानपुरबाट टोली खटिएको थियो ।
प्रहरीले डुबेकै स्थानबाट उद्दार गरेर उपचारका लागि धनगढीको निसर्ग अस्पताल पुर्याएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३ ०८:५१
प्रतिक्रिया दिनुहोस्





