Hamro Patra
स्मृति दिवसमा अस्पतालका विरामीलाई फलफूल वितरण

टीकापुर, जेठ ३
नेपाल कम्युनिष्ट पार्टी एमालेले पार्टीका तत्कालीन महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको ३३ औँ स्मृति दिवसमा देशैभर विविध कार्यक्रम भइरहेका छन् । 

नेपाल एमाले टीकापुर नगर कमिटीले टीकापुर अस्पतालका बिरामीलाई फलफूल वितरण गरेर स्मृति दिवस मनाएको  हो । 

कार्यक्रममा टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर भण्डारीले स्वर्गीय नेता भण्डारीको योगदानलाई देशले सदैव स्मरण गर्ने बताए । 

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य तपेन्द्र रावलले बोलेको थिए । कार्यक्रममा कमला शाही, जिल्ला कमिटी नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 

नगर कमिटी अध्यक्ष लक्ष्मण थापाले जननेता भण्डारी र नेता आश्रितको विचारलाई स्मरण गर्दै पार्टीले त्यही अनुसार पार्टी अगाडि बढ्नुपर्ने बताए । 

२०५० जेठ ३ गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो । नेता भण्डारीलाई एमालेले जनताको बहुदलीय जनवादका प्रणेताका रुपमा मान्दै आएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ ३, २०८३  १०:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update