ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
टीकापुर, जेठ ४
मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड अन्तर्गत धनगढी उपमहानगरपालिका–४ स्थित नेपाली सेनाको ब्यारेक नजिकै नम्बर नखुलेको ट्याक्टरले सुपप्र ०१०१४ प २६२८ नम्बरको स्कुटरलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा स्कुटर चालक अछामको मेल्लेख गाउँपालिका वडा नम्बर ६ घर भएका ३७ वर्षीया प्रभाकर भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
गम्भीर अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्याइएका उनलाई चिकित्सकले मृत घोषणा गरेको तिमिल्सिनाले बताए । उनी धनगढी एयरपोर्टमा श्री एअरलाइन्समा कार्यरत रहेका थिए ।
दुर्घटनापछि फरार रहेका ट्याक्टर चालक र सहचालकलाई जिल्ला ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ ४, २०८३ ०६:२५
प्रतिक्रिया दिनुहोस्





