Hamro Patra
माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

कञ्चनपुर, जेठ ५
कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं. १२ तिल्की बस्ने ४० वर्षीया हरदुलिया रानाको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । 

लालझाडी गाउँपालिका वडा नं. ४ जाइस्थित माटो खन्ने क्रममा माटोको ढिस्को खसेर हरदुलिया पुरिएको खबरपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा उद्धार गर्ने क्रममा उनको शव फेला परेको हो ।

साथै माटोको ढिस्कोले पुरिएर घाइते भएका एकजनाको संजीवनी अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ ५, २०८३  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update