Hamro Patra
सुदूरपश्चिममा वैशाखमै १९३ सवारी दुर्घटनाः १४ जनाको मृत्यु

टीकापुर, जेठ ६
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको वैशाख महिनामा मात्रै १९३ सडक दुर्घटना भएका छन् भने १४ जनाको ज्यान गएको छ । 

कार्यालयको वैशाख महिनाको तथ्यांक अनुसार घटनामा ३१६ जना घाइते भएका छन् । प्रहरीले दुर्घटनाको कारणमा भने चालकको त्रुटि प्रमुख रहेको जनाएको छ।

१९३ सवारी दुर्घटनामा चालकका कारणले १८२, मापसे सेवनका कारणले ३, सवारी साधनको कारणले १, यात्रुको कारणले २, सडकको अवस्थाका कारणले १ र चौपायाका कारणले ४ दुर्घटना भएका छन् । 

प्रहरीले सो अवधिमा ३ हजार ४२४ सवारी साधनलाई कारबाही गरेको जनाएको छ। जसबाट २८ लाख ७४ हजार ५ सय राजश्व सङ्कलन गरिएको प्रहरी नायव उपरीक्षक पालले बताए ।

सो अवधिमा विपदमा परेर पनि ११ जनाले ज्यान गुमाएका छन् । ९३ वटा विपद्का घटना भएकोमा २२ जना घाइते भएको र ८१ लाख ३२ हजार बराबरको क्षति भएको प्रहरी विवरणमा उल्लेख छ।

विपद् अर्न्तगत जङ्गली जनावरको आक्रमण, आगलागी, पानीमा डुबेर, सर्पले डसेर, करेन्ट लागेर र लडेर भएका घटना समावेश छन् ।

प्रकाशित मिति: बुधबार, जेठ ६, २०८३  ११:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update