प्रदेश सभा बैठक भोलि बस्नेः टीकापुर प्राविधिक विश्वविद्यालय विधेयक टेबुल हुँदै
टीकापुर, जेठ ७
बजेट अधिवेशनको पहिलो बैठकपछि अनिश्चित समयका लागि स्थगित सुदूरपश्चिम प्रदेशसभाको बैठक भोलि शुक्रबार बस्ने भएको छ ।
प्रदेशसभा सचिवालयले जेठ ८ गते दिनको २ बजे प्रदेश सभाको बैठक बोलाएको हो ।
बैठकमा टीकापुर प्राविधिक विश्वविद्यालयसम्बन्धी विधेयक टेबुल गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिएका छन् । यसअघि, वैशाख १७ गतेबाट आठौं अधिवेशन सुरु भएको थियो ।
अधिवेशनको पहिलो बैठकमा सभामुख भीमबहादुर भण्डारीले आठौं अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।
प्रकाशित मिति: बिहीबार, जेठ ७, २०८३ ०९:३४
प्रतिक्रिया दिनुहोस्





