तालिमका क्रममा सात सशस्त्र प्रहरी ढले: हेलिकप्टरबाट काठमाडौँ लगिँदै
टीकापुर, जेठ ८
टीकापुरमा तालिमका क्रममा सशस्त्र प्रहरीका सात जना प्रहरी जवान बेहोस भएका छन ।
उनीहरु सशस्त्र प्रहरी बल औद्योगिक राजश्व शिक्षालय टीकापुरमा सञ्चालित सशस्त्र प्रहरी जवान आधारभूत तालिममा दौडिने क्रममा बेहोस भएका छन ।
बेहोस भएका मध्ये ६ जनालाई थप उपचारका लागि टीकापुर अस्पतालले रिफर गरेको छ । एकजनाको भने टीकापुर अस्पतालमै उपचार भैरहेको छ ।
रिफर गरिएका मध्ये दुई जनालाई हेलिकोप्टर मार्फत काठमाण्डौं लगिएको छ भने अन्य चार जनालाई समेत काठमाण्डौं लग्ने तयारी भैरहेको स्रोतले जानकारी दिएको छ ।
बेहोस हुने प्रहरी जवानको परिचय सशस्त्र प्रहरीले खोलेको छैन । उनीहरु दुई सय मिटर दौडका क्रममा बेहोस भएका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३ ११:५०
प्रतिक्रिया दिनुहोस्





