Hamro Patra
ट्याक्टर दुघर्टनामा एक बालिकाको मृत्यु

टीकापुर, जेठ ११
कैलालीको पहाडी गाउँपालिका मोहन्याल गाउँपालिका वडा नं. ६ सोल्टामा ट्याक्टर दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छ ।

आइतबार साँझ बागरादेखि सोल्टातर्फ जाँदै गरेको भे १ त ९०८१ नम्बरको ढुंगा लोड गरिएको ट्याक्टर दुर्घटना हुँदा स्थानीय उदीराम सिजापति मगरकी ९ वर्षीया छोरी जयसरा सिजापतिको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको    छ ।

दुर्घटनामा नवराज विककी ७ वर्षीया छोरी माइरा विक घाइते भएकी छन्। उनको टाउकोमा चोट लागेको र स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

ट्याक्टर सडकबाट खस्ने क्रममा नजिकैको धाराबाट पानी लिएर घर फर्किंदै गरेका बालिकाहरूलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनापछि चालक फरार रहेका छन् ।

प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  ०७:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update