Hamro Patra
लागुऔषधसहित पाँच जना पक्राउ

टीकापुर, जेठ १७
कैलालीका विभिन्न ठाउँबाट लागुऔषधसहित पाँच जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । टीकापुर नगरपालिका वडा नं. ९ खक्रौलाबाट लागुऔषध खैरो हेरोइन ६३० मिलिग्रामसहित वडा नं. १ ब्लक नम्बर १६ का ३१ वर्षीय दिनेश शाहीलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरीले चेकजाँच गर्दा उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रहरीले खक्रौलाबाट खैरो हेरोइन ३ ग्राम २० मिलिग्राम, नाइट्रोजाम ३ क्यापसुल र स्पाजाम ८ क्यापसुलसहित सोही नगरपालिका वडा नं. ७ बैदी टोलका २१ वर्षीय खकेन्द्र साउँदलाई पक्राउ गरेको हो । प्रहरी चौकी कालाकुण्डा, कैलालीबाट खटिएको प्रहरीले साउदलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै लम्कीचुहा नगरपालिका वडा नं. १ बाट २३० ग्राम लागुऔषध गाँजासहित सोही ठाउँका २४ वर्षीय कमल चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । 

इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरीले उनको घरकोठा खानतलासी गर्दा उक्त पदार्थ फेला पारी उक्त पदार्थसहित कमललाई पक्राउ गरेको हो ।

यसैगरी, भजनी नगरपालिका वडा नं. ६ विस्नापुरबाट ३४० मिलिग्रमा लागुऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका वडा नं. ४ मुनुवाका २० वर्षीय प्रासिस रावत र १८ वर्षीय किशोर रहेका छन् । 
जिल्ला प्रहरी कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उक्त पदार्थसहित दुबै जनालाई पक्राउ गरेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, जेठ १७, २०८३  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update